FAQs Complain Problems

तिलागुफा नगरपालिकाको सन्क्षिप्त परिचय

कर्णाली प्रदेश अन्तरगत कालिकोट जिल्लाको पश्चिमी भागमा अवस्थित तिलागुफा नगरपालिका उच्च पहाडी विशेषता बोकेको क्षेत्र हो । कुल २६२.५६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरपालिका साविक फोइमहादेव, राँचुली, छाप्रे, जुविथा र चिलखाया गाविस मिलेर बनेको हो ।  यस परिच्छेद अन्तरगत नगरपालिकाको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरूलाई देहाय बमोजिमका शीर्षकहरूमा व्याख्या गरिएको छ । 

२.१ भौगोलिक अवस्थिति
समुन्द्री सतहको १५३० मिटरदेखि ४५६० मिटरसम्मको उचाइमा रहेको तिलागुफा नगरपालिका भौगोगिक अवस्थितिका हिसाबले २९ डिग्री ४ मिनेट १८ सेकेण्ड उत्तरदेखि २९ डिग्री १४ मिनेट १५ सेकेण्ड उत्तरी अक्षांश र ८१ डिग्री ४४ मिनेट १७ सेकेण्ड पूर्वदेखि ८१ डिग्री ५८ मिनेट २१ पूर्वी देशान्तरमा फैलिएको छ । यो नगरपालिका कालिकोट जिल्लाको जिल्लाको सदरमुकाम मान्मदेखि करीब ७० किमीको दूरीमा दक्षिण–पश्चिम भागमा रहेको छ । यस नगरपालिकाको पूर्वमा जुम्ला जिल्ला, पश्चिममा खाँडाचक्र नगरपालिका, दक्षिणमा महाबै गाउँपालिका र उत्तरमा पलाता र पचालझरना गाउँपालिकासँग सिमाना जोडिएको छ ।  । नगरपालिकाको गठन हुँदा समाविष्ट साविक गाविस, वडाको क्षेत्रफल सम्बन्धी विवरण देहायको तालिकामा प्रस्तुत गरिएको छ । 


वडा नं. समावेश साविक गा.वि.स. क्षेत्रफल (वर्ग किमीमा)
फोईमहादेव वडा नं.१-५ १०.९१
राँचुली वडा नं.५-७ ३२.४३
फोईमहादेव वडा नं.६-९ २४.७६
राँचुली वडा नं.२-४ १४.३६
जुविथा वडा नं.१-३ १८.५५
राँचुली वडा नं.१ र जुविथा वडा नं.४-९ १५.७७
छाप्रे वडा नं.१-६ १३.०१
छाप्रे वडा नं.७-९ १२.६७
राँचुली वडा नं.८,९ र चिलखाया वडा नं.१,२ ५३.२९
१० चिलखाया वडा नं.६-८ ५४.३४
११ चिलखाया वडा नं.३-५ १२.४७
जम्मा २६२.५६

 

तिलागुफा नगरपालिकामा रहेका धार्मिक तथा पर्यटकीय स्थलः

पुगमालिकाः कालिकोट जिल्लाको तिलागुफा नगरपालिकास्थित नवदुर्गा भवानी मध्यकि एक बहिनी पुगेली माईको गात ( मन्दिर) रहेको छ।श्रावण शुक्ल पुर्णिमाको दिन विभिन्न जिल्लाबाट भक्तजनहरु पुजा आराधनाका लागि आउने गर्छ्न। पुगेली माई सँग वर माग्दा मनोकामना पूरा हुने जनविश्वासले पुग नाम रहन गएको किंवदन्ती छ। प्राकृतिक सौन्दर्य, हिमाली चरन क्षेत्र, रमणीय पदमार्ग पुग पाटनमा अवस्थित पुगेली माई क्षेत्र ऐतिहासिक,धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा रहेको छ।

//